नियम १३
बिभागको पूर्व स्वीकृति लिनु पर्ने
कसैले निकुञ्जभित्र अनुसन्धान सम्बन्धी कुनै काम गर्न चाहेमा विभागको पूर्व स्वीकृति प्राप्त गरी त्यस्तो काम गर्न सक्नेछ । त्यसरी स्वीकृति प्राप्त गरी गरेको अनुसन्धानको एकप्रति बिभाग समक्ष पेश गर्नु पर्नेछ ।
तर अनुसन्धान कार्य गर्ने इजाजत प्राप्त व्यक्तिले निकुञ्जको हितको प्रतिकूल असर पर्ने कुनै काम कारबाही गर्नु हुँदैन । निकुञ्जको हितको प्रतिकूल असर पर्ने काम कारबाही गरेकोमा त्यस्तो कार्य संरक्षकले तत्काल रोकी सम्पूर्ण विवरण सहित बिभागमा पठाउनु पर्नेछ र बिभागले पनि त्यसरी आएको विवरणमा आवश्यक जाँचबुझ गर्दा निकुञ्जको हितको प्रतिकूल असर पर्ने काम कारबाही गरेको ठहरे त्यस्तो अनुसन्धान कार्य गर्न इजाजत रद्द गर्न सक्नेछ ।